९ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रलाई हिंसामार्फत् सत्ता कब्जा गर्न लागि परेको शक्ति भन्दै नेपाली कांग्रेस त्यसकोपछि लागेको बताएका छन् ।
आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले कांग्रेस ‘प्रचण्डपथ’ मा हिँडेको समेत टिप्पणी गरे ।
‘अहिले त आफूलाई प्रजाततन्त्रवादी भन्ने पार्टी पनि प्रचण्डपथमा हिँडे जस्तो लाग्छ, मलाई नेपाली कांग्रेसको बोली सुनेर आश्चार्य लागेको छ । नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्ड पथमा लाग्यो ।’ ओलीले भने ।
उनले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने जिकिर गरे ।
‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन’ ओलीले भने ।
ओलीले माओवादी केन्द्र लोकतान्त्रिक प्राणालीविरुद्ध हिंसामा लागेको र त्यसमा सफल हुने नदेखेपछि चाल बदलेको बताए।