पानीमा डुबेर झापा र उदयपुरका दुई जनाको मृत्यु

११ असार ७५, मंगलबार

विराटनगर, असार १२
झापा र उदयपुर जिल्लाको दुई स्थानमा सोमबार डुबेर दुई जनाको ज्यान गएको छ।

झापाको शिवसताक्षी नगरपालिका ७ सिंहहाङगेस्थित पैनीमा डुबेर सोही ठाउँका १० वर्षीय बालकको ज्यान गएको छ। घर नजिकैको पैनीमा पौडी खेल्नेक्रममा शिवसताक्षी नगरपालिका २ बस्ने डम्बर बहादुर विश्वकर्माको छोरा गणेश विश्वकर्माको मृत्यु भएको हो।

साथीहरुसँग पौडी खेल्न गएका गणेशलाई पानीमा डुबेपछि बाहिर निकालेर उपचारका लागी लाईफलाईन अस्पताल दकम लगिएका बालकको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

Advertisement

यसैगरी उदयपुरको कटारी नगरपालिका ६ आँपटार बस्ने गणेश विश्वकर्माको छोरा अन्दाजी १४ वर्षीय डिके विश्वकर्माको खोलामा नुहाउनेक्रममा सोमबार दिउँसो डुबेर मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top