विदेशबाट फर्केर व्यावसायिक बङ्गुरपालन

१६ जेठ ७८, सोमबार

१७ जेष्ठ, तनहुँ ।
जिल्लाको देवघाट गाउँपालिका–२ खाल्टे निवासी इन्द्रबहादुर सुनारीले व्यावसायिकरूपमा बङ्गुर पाल्न शुरु गरेका छन् ।

साउदी अरब र कतारमा लामो समय बिताएका सुनारीले स्वदेश फर्किएपछि बङ्गुर पाल्न शुरु गरेका हुन् । गत वैशाख महिनादेखि व्यावसायिकरूपमा बङ्गुर पाल्न थालेको उनले बताए ।

श्री लाफा पशुपन्छी कृषि तथा बङ्गुर पालन फार्म दर्ता गरी शुरुमा रु चार लाख लगानी गरेर स्वदेशमै बसेर कृषि व्यवसाय शुरु गरेको उनको भनाइ छ ।

धेरै क्षेत्रको अनुभव बटुलेका सुनारीले कृषि क्रान्ति गरी गाउँमै स्वरोजगार बन्ने उद्देश्यले व्यवसाय थालेको बताए । उनको फार्ममा अहिले ल्याडेस, धराने कालो बङ्गुर, दिउरोग गरी सात पाठी र सय प्रतिशत जातको चार वीर पाठा छन् ।

बङ्गुर पालनसँगै भविष्यमा माछा पालन, बोइलर तथा लोकल कुखुरा पालन गर्ने योजना रहेको उनले बताए । (रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top