लगातारको वर्षाले कच्ची सडक बगाएपछि चुरे भएर सञ्चालन हुने सबै यातायात ठप्प

लगातारको वर्षाले कच्ची सडक बगाएपछि चुरे भएर सञ्चालन हुने सबै यातायात ठप्प

१९ जेष्ठ, सर्लाही । लगातारको वर्षाले कच्ची सडक बगाएपछि चुरे भएर सञ्चालन हुने सबै यातायात सञ्चालन हुन छोडेका छन् ।

केही दिन अघि परेको पानीले कच्ची सडक बिगारेपछि तीन दिन देखि सबै सवारीका साधन सञ्चालन हुन बन्द भएको हरिहरपुर गढी गाउँपालिका ७ का वडाध्यक्ष बालकृष्ण नेपालले बताए ।

लगातारको वर्षले वाग्मती झन्झने पिपलमाढी, नयाँरोड कौवा, हरिवन क्यानखोला, लालबन्दी सतास नारणखोला मरिण र परवानीपुर महादेवस्थान जोड्ने कच्ची सडक बिग्रिएको हो ।

सडक भत्किएर यातायात नचल्दा दुर्गम बस्तीका स्थानीयले समयमा उपचार पाउन सकेका छैनन् ।

कच्ची सडक भत्किएपछि स्थानीयले बिरामीलाई झोलुङ्गो र डोकामा बोकेर उपचार गर्न ल्याउनु पर्ने बाध्यता भएको स्थानीयको गुनासो छ ।

कच्ची सडक पानीले बगाएपछि दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समेत मुस्किल परेको छ । यातायात सहज नहुँदा अहिले उपभोग्य वस्तु समेत स्थानीय बोकेर लैजाने गरेका छन् ।

बगरको बाटो खोलाले बगाएको र चुरेको बाटो भत्किएका कारण आवतजावत गर्न समस्या परेको स्थानीयको गुनासो छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.