सरकारले माग्यो अस्पतालसँग तथ्यांक

१९ जेठ ७८, बिहीबार

२० जेठ, काठमाडौं ।

काठमाडौं सरकारले कोरोना संक्रमणविरुद्ध खोप प्रभावकारिता सन्दर्भमा अस्पतालसँग तथ्यांक मागेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका र नलगाएकाको विस्तृत तथ्यांक माग गरिएको हो ।

Advertisement

‘अस्पतालमा मृत्यु, भर्ना, परीक्षण गरेर कोरोना पोजेटिभ आए–नआएकाले खोप लगाएको वा नलगाएको रिपोर्ट माग गरेका छौं,’ डा. तारानाथ पोखरेलले भने, ‘त्यसपछि विस्तृत विवरण थाहा होला ।’ उनले प्राप्त जानकारीको हवाला दिँदै खोप नलगाएकाको मृत्युदर अत्यधिक रहेको पनि उल्लेख गरे ।

विश्व स्वास्थ्य संगठनको अध्ययनले भने खोप लगाएकाको मृत्युदर कम रहेको देखाएको छ । खोप मात्रा पूरा गरेपश्चात् मृत्युदर कम देखिएको विभिन्न अध्ययनले समेत देखाएको छ ।

हाल, नेपालमा संक्रमणविरुद्ध कोभिडसिल्ड र भेरोसिल खोप प्रयोगमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप नलगाएकामा संक्रमण र मृत्यु भएको संख्या बढी छ ।

यद्यपि, प्रभावकारिता सन्दर्भमा तथ्यांक एकीकृत हुने चरणमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म अनुमानित ४ लाख नागरिकले कोरोनाविरुद्ध खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । खोपविज्ञ खोप लगाएकालाई गम्भीर प्रकृतिको असर नदेखिने बताउँछन् ।

यसैगरी, सरकारले चीनबाट ल्याएको कोभिडविरुद्धको भेरोसिल खोप आगामी २५ जेठबाट लगाउन सुरु गर्ने तयारी थालेको छ । मन्त्रालयका अनुसार यसपटक सो खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई दिइनेछ ।

यसअघि, भेरोसिल खोप १८ देखि ५९ वर्ष उमेर समूहकालाई लगाइएको थियो । यसैबीच, बुधबार देशभर ५ हजार ३ सय १६ कोरोना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८ सय ५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गरिएको छ । देशभर १ लाख १ हजार ९ सय ९३ संक्रमित छन् । जसमध्ये संस्थागतमा ६ हजार ८ सय ६२ र होम आइसोलेसनमा ९५ हजार १ सय ३१ जना संक्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ सय १ संक्रमितको मृत्यु भएको छ । बुधबार ७ हजार २ सय १९ जना संक्रमित निको भएका छन् । हाल, १ हजार ४ सय ४६ आईसीयू र ३ सय ८५ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश १ मा २ सय ३२ आईसीयू र ६३ भेन्टिलेटर, प्रदेश २ मा १ सय १२ आईसीयू र २८ भेन्टिलेटरमा उपचाररत छन् । बाग्मती प्रदेशमा ७ सय ९ आईसीयू र २ सय ३० जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा १ सय ३७ आईसीयू र २६ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ६९ आईसीयू र २० भेन्टिलेटर, कर्णालीमा ४७ जना आईसीयू र ७ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ४० आईसीयू र ११ जना भेन्टिलेटरमा छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top