एमाले विवाद : दुवै पक्षले बोलाए बैठक

२० जेठ, काठमाडौं ।

नेकपा एमालेको दुवै समूहले आज बैठक बोलाएको छ । संस्थापन पक्षले स्थायी कमिटी र खनाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् ।

हिजो दिउँसो ४ बजेका लागि बोलाइएको संस्थापन पक्षको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित गरिएको हो । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

अस्ति मंगलवार बसेको स्थायी कमिटी बैठकले अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन प्रयास जारी राख्ने निर्णय गरेको थियो । यस्तै नेकपा एमालेको खनाल–नेपाल समूहले बिहान ११ बजेका लागि आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको खनाल–नेपाल समूहका नेताहरुले बताएका छन् ।

२०७५ सालको जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनेबारे दुवै पक्षका दोस्रो र तेस्रो तहका नेताहरुले छलफल गरिरहेको समयमा खनाल–नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ को जेठ २ को अवस्थामा फर्कन तयार रहेको बताए तर त्यसका लागि संविधानको धारा ७६ को उपधारा ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै खनाल–नेपाल समूहका सांसदले दिएको समर्थन फिर्ता गर्नुपर्ने उनको सर्त छ ।

यस्तै नेता माधव कुमार नेपालले पार्टी मिल्न सक्ने आधार अध्यक्ष ओलीले नै भत्काउँदै लगेको भन्दै प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्नुपर्ने अर्को सर्त अघि सारेका छन् । पार्टी विभाजनको संघारमा पुगेकै बेला दुवै पक्षका दोस्रो तहका नेताहरु एकता जोगाउन भन्दै निरन्तर छलफलमा छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top