×

NEPAL TIMES UPDATES

Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026

देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौँ : पूर्वराजा शाह

२० जेष्ठ २०७८

२० जेठ, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

बिहीवार आफ्नो र पत्नी कोमलको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै पूर्वराजा ज्ञानेन्द्रले कोभिड–१९ विरुद्धको लडाइँमा खटिनेलाई धन्यवाद व्यक्त गरेका हुन् ।

उनले आफू दुई स्वास्थ्यबारे चिन्ता, चासो लिने र शुभकामना दिने सबैलाई आभार पनि व्यक्त गरेका छन् । अहिले आफू दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा रहेको जानकारी दिए ।

भारतको कुम्भमेलामा गएर आएपछि पूर्वराजा दम्पतीलाई कोरोना सङ्क्रमण भएको थियो । अहिले दुवै जना डिस्चार्ज भइसकेका छन् ।

तर उनले देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति आफूहरु चिन्तित रहेको बताए । सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन् , ‘महामारीको प्रक्रिया चलिरहेको छ ।

यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै सङ्कल्प र बाहिरी सहयोगको आवश्यक पर्दछ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिन चाहन्छौँ ।’

Advertisement
Advertisement

यस्तै पूर्वराजा शाहले सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गरे । उनले उपचारका क्रममा रहेको सबै नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कोभिडका कारण ज्यान गुमाएका आत्माको चीर शान्तिको कामना पनि गरे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top