आज विश्व वातावरण दिवस, वातावरण संरक्षणमा भने चुनौती बढ्दै

२२ जेष्ठ, काठमाडौँ । आज विश्व वातावरण दिवस मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएका छन् । पर्यावरणप्रति राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले यो दिवस मनाइन्छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो । तर, दिवस मनाउँदै आए पनि विश्वमै वातावरण संरक्षणमा भने चुनौती बढ्दै गएको छ ।

नेपालमा पनि बढ्दो सहरीकरण, प्राकृतिक सम्पदाको दोहन, फोहोरमैलाको दिगो व्यवस्थापन, ढलको निकासीलगायत व्यवस्थित नहुँदा चुनौती बढ्दै गएको छ । समयमै सानो मेहनतबाट व्यवस्थापन हुनसक्ने यी समस्यामा ध्यान नदिँदा अवस्था विकराल बन्दै गएको छ ।

यस्तै, वन विनाश, खेतीयोग्य जमिनसँगै डाँडाकाँडामा जथाभाबी खडेरी र बाटोका लागि डोजर चल्नुले पनि वातावरण संरक्षणमा चुनौती बढेको छ ।

सरकारले वातावरण संरक्षण ऐन ल्याए पनि यसको प्रभावकारिता कम हुँदा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक भने पूरा हुन सकेको छैन ।

यसैबीच, दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा जलवायु, जमिन र जङ्गलसँग वनस्पति, जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाइ स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सबैले सार्थक बनाउनको लागि प्रण गर्ने दिनको रूपमा लिएको बताए ।

मानिसद्वारा प्राकृतिक स्रोतको अधिक दोहनका हुँदा पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको र त्यसलाई पुनःस्थापित गर्न वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न राष्ट्रपति भण्डारीले आह्वान गरेकी छन्।

प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसाथ गर्दै अगाडि बढ्न आवश्यक रहेको बताइन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top