व्यापार र पारवहन सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइयो

१३ असार ७५, बिहीबार

काठमाडौँ, असार १३

Advertisement

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको जानकारी दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उनले सो मस्यौदामाथि आगामी जुलाई दोस्रो सातामा दुई पक्षीय वार्ता हुने जानकारी दिए।

Advertisement

हालै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणका क्रममा उक्त प्रोटोकलमा आगामी जुलाईमा हस्ताक्षर गर्ने सहमति भएको थियो । ओली प्रधानमन्त्री हुँदा सन् २०१६ मा व्यापार र पारवहन सम्झौता भएको हो ।

उनले मूल्यवृद्धि कम गर्ने र बजार अनुगमन प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । उदारीकरण र निजीकरणको नाममा विगतमा सार्वजनिक संस्था बेच्ने काम भएको प्रसंग पनि उनले उल्लेख गरे। मन्त्री यादवसँग सांसद्हरु प्रेम सुवाल, रामबहादुर विष्ट, दिव्यमणि राजभण्डारी, गंगा चौधरी सतगौवा र लक्ष्मी चौधरीले थप स्पष्टीकरण मागेका थिए।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top