हत्यामा संलग्न भएको आरोपमा एक पक्राउ

१३ असार ७५, बिहीबार

विराटनगर,असार १३
मोरङको मिक्लाजुङ गाउँपालिका स्थित ग्यांग्री खोलामा गएको चैत २० गते मृत भेटिएकी शान्ति राई तामाङको हत्यामा संलग्नभएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङले आजपत्रकार सम्मेलन गरी पक्राउ गरिएका मिक्लाजुङ गाउँपालिका–७का ३० वर्षीय हिकबहादुर बस्नेतलाई सार्वजनिक गरेको छ । जिल्लाप्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले अभियुक्त बस्नेतले मृत भेटिएकी तामाङलाई बलात्कारपछि ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको बताए ।

उनले चैत १९ गते साँझ स्थानीय कमल बोहोराको घरमा राखेको चिन्ता (धामी)हेरेर फर्कने क्रममा मादकपदार्थ सेवन गरेकाअभियुक्त बस्नेतसँग भेट भएको र त्यसपछि अभियुक्तले घर पु¥याइदिन्छु भनेर राईलाई स्थानीय ग्यांग्रीखोलामा लगेर बलात्कारपछि ढुंगा प्रहार गरी हत्या गरेर फरार भएको बताए ।

Advertisement

उनले घटनापछि फरार रहेका बस्नेतलाई आजै मिक्लाजुङ–७ बाट पक्राउगरिएको जानकारी दिए । अभियुक्तउपर कर्तब्यज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरिएको उनले बताए।

मृतकतामाङको शव चैत २० गते स्थानिय ग्यांग्री खोलामा अनुहारमा चोटपटक लागेको र निवस्त्र अवस्थामा भेटिएको थियो । उक्त घटनालाई सांसदहरुले प्रतिनिधिसभा र प्रदेशसभामा समेत उठाएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top