मोरङ, असार १४
मोरङको सुन्दरहरैचा नगरपालिका–६ खदम खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ निकाल्ने ६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी गछियाबाट खटिएको टोलीले खोलाबाट अबैध रुपमा ढुंगा बालुवा निकाली ओसार्दै गरेको अवस्थामा को २ त ५३९४, को २ त २२७८, को २ त ७३३९, को २ त ३८०१, को २ त ५६७८ र को २ त ५९०७ नम्बरको ट्याक्टरलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो।
बरामद ट्याक्टरहरुको आवश्यक अनुसन्धान चलिरहेको र अनुसन्धान पश्चात कारबाहीका लागी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ ।