सुदूरपश्चिम प्रदेशः सरकारको नीति कार्यक्रममाथि छलफल

२८ जेठ ७८, शनिबार

२८ जेठ, सुदूरपश्चिम ।

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ल्याएको नीति कार्यक्रममाथि छलफल शुरु भएको छ ।

छलफलमा भाग लिने सत्तापक्षीय सदस्यले नीति कार्यक्रमका बुँदाहरुमा धेरै राम्रा कुरा समेटिएको र समयसापेक्ष भएको भन्दै नीतिअनुसारको बजेट विनियोजन गर्नुपर्ने बताए ।

उनीहरुले सरकारले नीति कार्यक्रममा विगतमा सञ्चालन भएका योजनाको उपलब्धि देखाएको भए पनि योजनास्थलमा यस्ता धेरै योजनामा उपलब्धि नदेखिएको भन्दै योजनाको प्रभावकारी कार्यान्वयन गर्न ध्यान जानुपर्ने बताए ।

छलफलमा भाग लिने सत्तापक्षीय सदस्यमा रतनबहादुर थापा, कुन्ती जोशी, लीलाधर भट्ट, महेशदत्त जोशी, माया तामाङ बोहरा, बलबहादुर सोडारी र कुलवीर चौधरी थिए ।

विपक्षी प्रदेशसभा सदस्यहरु गोविन्दराज बोहरा, भरतबहादुर खड्का र दिव्यश्वरी शाहले कोरोना महामारी र राजनीतिक अन्योलताले देश गम्भीर सङ्कटमा परेको बेला ल्याइएको नीति कार्यक्रममा समेट्नु पर्ने विषय र मुद्दाहरु नसमेटिएको तर्फ सुझाव दिए ।

उनीहरुले उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी कार्यक्रम तथा योजनाको कार्यान्वयन गरेर परिणाम देखाउन सक्नु महत्वपूर्ण पक्ष हुने बताए ।

यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारको नीति तथा कार्यक्रममाथि सभामा छलफल गरियोस् भनी पेश गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतीले स्वीकृत गरेको थियो ।

नीति तथा कार्यक्रममाथि शनिबारसमेत छलफल हुने कार्यसूची छ ।  प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top