दाइजो नल्याएको भन्दै नवदुलहीमाथि निर्घात कुटपिट

२८ जेठ ७८, शनिबार

२९ जेठ, सर्लाही ।

दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमान्सहित परिवारका सदस्यले उनीमाथी निर्घात कुटपिट गरेका हुन् ।

महोत्तरीको सम्सी गाउँपालिका–६ का रामअश्रय साहकी २१ वर्षीया छोरी अमृताकुमारी साहको गत वैशाख १३ गते सर्लाही हरिपूर्वा नगरपालिका–२ का २४ वर्षीय जोगनारायण साहसँग विवाह भएको थियो । विवाह गरेको पाँच दिनपछि उनी माइत गएकी थिइन् । त्यसको केही दिनमा नै उनी घर फर्किएकी थिइन् ।

Advertisement

विवाह भएको चार दिनपछि नवदुल्हीलाई भान्सा घरमा भित्र्याउने परम्परा अनुसार उनलाई खाना पकाउन पठाइएको र खाना बनाउने क्रममा भान्सामा सामग्री माग गरेपछि विवाद भएको स्थानीयवासीले बताएका छन् ।

घरफर्किएपछि त्यही विषयमा पुनः विवाद शुरु भएपछि श्रीमान्सहित परिवारका अन्य सदस्यले आफूलाई निर्घात कुटपिट गरेको दुलहीले बताएकी छिन् । कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ ।

दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् ।

कुटपिटमा संग्लन अमृताका श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य सदस्य भागेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौडले बताए ।

माइतीपक्षले विवाहमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिएको बताएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top