१४औं महाधिवेशन सार्ने काँग्रेसको निर्णय, भदौ १६ बाट सुरु हुने

२९ जेठ, काठमाडौँ ।

Advertisement

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मिति सर्ने भएको छ ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले महाधिवेशनको मिति केहि पर सार्ने प्रस्ताव राखेको हो ।

Advertisement

स्रोतका अनुसार भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन हुनेछ । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top