वैशाखसम्म वाणिज्य बैंकहरूले कमाए रू। ५५ अर्ब ७९ करोड नाफा

२९ जेठ ७८, आइतबार

३० जेठ, काठमाडौं ।

कोभिड प्रभावित वर्षमा अधिकांश क्षेत्र ठप्प रहे पनि चालू आर्थिक वर्षको १० महीनासम्ममा बैंकहरू निरन्तर कमाइ गर्न सफल भएका छन् ।

यसैबीच, सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले अपेक्षा गरेअनुसारको कमाउन नसके पनि वैशाखसम्ममा भने रू. ५५ अर्ब ७९ करोड २८ लाख बराबर खुद नाफा गर्न सफल भएका छन् ।

चालू आवको तेस्रो त्रैमास अर्थात् चैतसम्ममा बैंकहरूको यस्तो नाफा रू. ५० अर्ब ७४ करोड गरेका थिए ।

अझ सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेको थियो । यसपछिको करीब १५ दिन समग्र अर्थतन्त्र प्रभावित हुन पुग्यो । यसअवस्थामा पनि वैशाख महीनामा मात्रै वाणिज्य बैंकहरूले रू. ५ अर्ब ५ करोड २८ लाख हाराहारीमा नाफा कमाएका छन् ।

तर, यसअघिको महीनामा भने बैंकहरूको मासिक नाफा वृद्धि करीब ५ अर्ब ६३ करोड ७७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको थियो । यसअघिका महीनाको तुलनामा वैशाखमा ५८ करोड ४९ रुपैयाँले नाफा संकुचन भएको छ ।

वैशाखसम्ममा क्रमशः प्राइमले रू. ३ अर्ब २१ करोड, एनएमबी बैंकले रू. २ अर्ब ७९ करोड, नेपाल बैंकले रू. २ अर्ब ३९ करोड, कृषि विकास बैंकले २ अर्ब ३९ करोड २६ लाख, सिद्धार्थले २ अर्ब ३४ करोड, प्रभुले २ अर्ब २९ करोड, मेगाले रू. २ अर्ब २२ करोड र सानिमा बैंकले रू. २ अर्ब ४ करोड खुद नाफा कमाएको छ ।

यसबाहेकका बैंकले रू. २ अर्बभन्दा कम नाफा गरेका छन् । यसअन्तर्गत क्रमशः कुमारी, नेपाल बंगलादेश, एभरेष्ट, सिटिजन्स, माछापुच्छ्रे, हिमालयन, लक्ष्मी, स्ट्यान्डर्ड चार्टर्ड, सनराइज, नेपाल क्रेडिट एन्ड कमर्श बैंक र बैंक अफ काठमाडौं रहेका छन् ।

यससँगै रू.१ अर्बभन्दा कम नाफा भएका बैंकमा भने नेपाल एसबीआई, सिभिल र सेञ्चुरी बैंक रहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top