सूर्यविनायक–धुलिखेल सडक विस्तार हुने

२९ जेठ ७८, आइतबार

३० जेठ, काठमाडौं ।

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार हुने भएको छ । दुई लेनमा रहेको सो सडक विस्तार भएपछि चार लेनको हुने छ ।

सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भइसकेको सो सडक विस्तारका लागि आगामी आर्थिक वर्ष २०७८÷७९ को प्रथम चौमासिकभित्रमा नै बोलपत्र आह्वान गरिने सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र डिजाइनसमेत तयार भई स्वीकृत भइसकेको बताउँदै नयाँ आर्थिक वर्षको सुरुदेखि नै निर्माण प्रक्रिया सुरु गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्रमा नै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने जानकारी दिए ।

उनले सो सडक विस्तारका लागि नयाँ बजेट वक्तव्यमा रकम विनियोजन गरिएकाले अब निर्माण प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ नभएको स्पष्ट पारे ।

सो सडकका लागि दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी डिभिजन सडक कार्यालय भक्तपुरले गत वर्षदेखि नै सो सडकखण्ड क्षेत्रमा परेका संरचनाहरू हटाउन तथा रुख कटान सुरु गरिसकेको छ । सो सडक विस्तारका लागि करिब आठ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

महानिर्देशक थापाले कुल १५ किलोमिटर लम्बाइ रहेको सो सडकखण्डमा चार लेनमा विस्तार गरिने गरी डिजाइन गरिएको बताए । सो सडकखण्डमा छ स्थानमा आकाशेपुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण गरिने छ । उनले भने, “यो सडकखण्ड विस्तारका लागि सडक विभागका साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले समेत डीपीआर तयार पारेको छ ।

सडक विभागको डीपीआरको तुलनामा जाइकाले तयार पारेको डीपीआरअनुसार विस्तार गर्दा तीन गुणाभन्दा बढी लागत बढ्ने भएकाले विभागको डीपीआरअनुसार विस्तार गरिने छ । ”

उनका अनुसार जाइकाले तयार पारेको डीपीआरमा आठ लेनको सडक विस्तार तथा भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्रको साँगामा एक दशमलव २९ किलोमिटर सुरुङमार्गसमेत प्रस्ताव गरिएको छ ।

त्यसैगरी जाइकाले अहिलेको सडकको ‘एलाइनमेन्ट’ परिवर्तन हुने गरी डीपीआर तयार गरेको छ । जाइकाको डीपीआरअनुसार विस्तार गर्दा १० अर्ब रुपियाँभन्दा बढीको जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ ।

विभागका महानिर्देशक थापाले जाइकाको डीपीआरअनुसार सो सडकखण्ड विस्तारको लागत करिब ३० अर्ब रुपियाँ हुने देखिएको बताए ।

उनले दूरगामी दृष्टिकोणले जाइकाको डीपीआर राम्रो भए पनि समय, लागत र नेपालको सन्दर्भमा जग्गा अधिग्रहणको वर्तमान झन्झटिलो प्रक्रिया तथा अवस्थाका कारण जाइकाले तयार पारेको डीपीआरअनुसार तत्काल सो सडकखण्डको विस्तार सम्भव नरहेकाले सडक विभागले नै तयार पारेको डिजाइनमा विस्तार गरिने बताए ।

जाइकाले सन् २०११ मा तीनकुने–सूर्यविनायक सडक विस्तारसँगै सो सडकखण्ड विस्तारको प्रारम्भिक अध्ययन गरेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top