भारतमा दैनिक नयाँ संक्रमितको संख्या लगातार घट्दै

३१ जेठ ७८, सोमबार
Share this
778shares

३१ जेष्ठ, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा ७० हजार ४ सय २१ नयाँ संक्रमित थपिएका छन्।

Advertisement

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ लाख १९ हजार ५०१ जना संक्रमणमुक्त भएका छन्। यस्तै ३ हजार ९ सय २१ जना संक्रमितको ज्यान गुमेको मन्त्रालयले जनाएको छ।

अहिले‍सम्म भारतमा २ करोड ९५ लाख १० हजार भन्दा धेरैमा संक्रमण भएको छ। ती मध्ये २ करोड ८१ लाख ६२ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ३ लाख ७४ हजार ३ सय भन्दा धेरैको मृत्यु भएको सरकारी तथ्यांक छ।

Advertisement

भारतमा अहिले ९ लाख ७३ हजार भन्दा धेरै सक्रिय संक्रमित छन्। अहिलेसम्म भारतले आफ्ना २५ करोड ४८ लाख भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top