निर्वाचन आयोगविरुद्ध उपेन्द्र अदालत जाने

१ असार , काठमाडौँ ।

Advertisement

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी भएको बताए। ‘आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी हो।

Advertisement

यसबारेमा भोलि (मंगलबार) बस्ने बैठकमा छलफल हुन्छ’, उनले भने। यादव पक्षका नेता तथा जसपा कार्यकारणी समिति सदस्य रामसहाय यादवले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने बताए।

जसपाका बहुमत कार्यकारिणी समिति सदस्यको हस्ताक्षर जुटाएर बुझाउँदा पनि आयोगले सरकारको प्रभावमा परी निर्णय गरेको यादव पक्षको भनाइ छ।

Advertisement

आयोगले आइतबार जसपाको ठाकुर र यादव दुवै पक्षले एकअर्कालाई पार्टीबाट गरेको निष्कासन खारेज गर्ने निर्णय गरेको थियो। आयोगले जसपामा दुई अध्यक्ष रहने गरी साबिककै पदाधिकारीलाई मान्यता दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top