मनाङ र सिन्धुपाल्चोकमा राहत पठाईंदै

मनाङ र सिन्धुपाल्चोकमा राहत पठाईंदै

२ असार, काठमाडौं ।
अविरल वर्षा र भीषण बाढीका कारण मनाङ र सिन्धुपाल्चोकमा कयौं घरबारविहीन भएका छन् ।

उनीहरुका लागि सरकारले तत्कालै राहत पठाउने तयारी गरेको गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए।

मनाङका ताल गाउँ, चामेलगागत क्षेत्रमा बाढीपहिरोले घरहरूमा क्षति पुगेको छ। यस्तै सिन्धुपाल्चोकमा मेलम्ची बजार र हेलम्बु गाउँपालिका वडा नम्बर १ र २ मा बाढीले क्षति पुर्‍याएको छ।

हेलम्बु गाउँपालिकामा अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ। लेदोसहितको बाढीले घर तथा टहराहरूमा क्षति पुर्‍याएको छ।

तामाङका अनुसार सिन्धुपाल्चोकमा ट्रकमार्फत् र मनाङमा हेलिकप्टरमार्फत् खाद्यान्नलगायत राहत सामग्री लैजाने तयारी गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.