चीनले तीन यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्र तर्फ पठायो

२ असार ७८, बिहीबार

३ असार, एजेन्सी ।
चीनले तीन अन्तरिक्ष यात्रीलाई आफ्नो नयाँ अन्तरिक्ष केन्द्र तर्फ पठाएको छ ।

स्थानीय समय अनुसार बिहीबार बिहान चीनले चीन यात्रीसहितको यान नयाँ अन्तरिक्ष केन्द्र तर्फ पठाएको हो । उत्तर पश्चिमी चीनमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट यात्रीसहितको यान पठाइएको हो ।

तीन यात्रीहरुले नयाँ अन्तरिक्ष केन्द्रको कक्षमा तीन महिना बिताउने छन् र उनीहरुले त्यहाँ अन्तरिक्ष केन्द्रको निर्माण सम्बन्धी काम गर्ने सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अन्तरिक्ष यात्रीहरु नी हेशेङ्ग, लियू बोमिङ्ग र ताङ्ग होङ्गबोले अन्तरिक्ष यात्रा सुरु गरेका हुन् । उनीहरुले पृथ्वीबाट ३८० किलोमिटर पर रहेको अन्तरिक्ष केन्द्रको कक्षमा तीन महिना बिताउने छन् ।

यो चीनको अहिलेसम्मको लामो अवधिको अन्तरिक्ष अभियान हो । पछिल्लो पाँच वर्षयता चीनले पहिलोपटक टोली पठाएको हो । सेन्झोउ–१२ क्याप्सुल अन्तरिक्ष यानबाट उनीहरु गएका हुन् ।

चीनले पछिल्लो समय आफ्नो अन्तरिक्ष क्षमता बिस्तार गर्दै लगेको छ । पछिल्लो ६ महिनामा चीनले चन्द्रमाको सतहबाट माटो र ढुंगाको नमूना ल्याउन सफल भएको छ ।

यस्तै मंगल ग्रहको सतहमा ६ चक्के रकेट अवतरण गर्न पनि चीन सफल भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top