NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन आइतवार असार २२ , २०८२
हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’ आइतवार असार २२ , २०८२
विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध आइतवार असार २२ , २०८२
आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

अमेरिकाको एक दैनिक पत्रिकाको कार्यालयमा गोली चल्यो, चार पत्रकारसहित पाँचको मृत्यु, केही घाइते

शुक्रबार असार १५ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
अमेरिकाको एक दैनिक पत्रिकाको कार्यालयमा गोली चल्यो, चार पत्रकारसहित पाँचको मृत्यु, केही घाइते
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

मेरिल्याण्ड, असार १५

अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।अरु केही घाइते भएका छन् । मेरिल्याण्डको प्रहरीले एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा ती मानिस मारिएको जनाएको छ ।

मेरिल्याण्डको आनापोलिस भन्ने नगरमा रहेको क्यापिटल गजेट दैनिक पत्रिकामा सो आक्रमण भएको थियो । संदिग्ध हमलाकारीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ । हमलामा एकजना करिब ३० वर्षकोजस्तो देखिने श्वेत पुरुषको संलग्नता रहेको प्रारम्भिक अनुमान प्रहरीको छ । नियन्त्रणमा रहेको सो पुरुषले प्रहरीलाई सोधपुछको क्रममा असहयोग गरेको र आफ्नो पहिचान पनि नदिएको एक समाचारमा बताइएको छ ।

सो पत्रिकाको कार्यालयमा भएको आक्रमण पहिलेदेखि नै योजना बनाएको एक नियोजित कार्य हो भनिएको छ । क्यापिटल गजेट पत्रिकाका एकजना सम्वाददाताले आक्रमणकारीले लुकेर शिशाको ढोकाबाट गोली चलाएको भनेका छन् ।उक्त पत्रिकाका अरु प्रत्यक्षदर्शी कर्मचारीहरुले गोली वर्षाएपछि कार्यालय भित्र आतङ्क मच्चिएको बताएका छन् । उनीहरुले बन्धुकधारीले शिशाको ढोकाको बाहिरबाट समाचार कक्षमा ताकेरै गोली चलाएको जानकारी दिएका छन् ।

उक्त नगरका प्रहरी प्रमुख बिल क्रम्फले जनाएअनुसार पत्रिकाको कार्यालयमा नियोजित रुपमा यस्तो गोली काण्ड गराइएको बताएका छन् ।उनले भनेका छन्–यसमा संलग्नताको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिइएको छ र अनुसन्धान सुरु भएको छ ।मारिनेमा चार जना पत्रकार र एकजना बजार शाखाका सहायक स्तरका कर्मचारी रहेका पनि प्रहरी प्रमुख क्रम्फले जानकारी दिए ।

उनले त्यहाँ रहेका अधिकांश कर्मचारीहरुलाई भने सकुशल उद्वार गरेर बाहिर निकालिएको बताएका छन् । ती गोली हान्ने व्यक्तिको पहिचान खुलाउन र के कति कारणले गोली हानेको हो भन्ने बारेमा पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको पनि बताएका छन् ।

केही सञ्चारमाध्यमले सो घटना उक्त पत्रिकाको आन्तरिक विवादका कारण उत्पन्न भएको अनुमान गरेका छन् भने अरु केहीले भने यसलाई आतङ्ककारी क्रियाकलाप पनि हुनसक्ने भनेका छन् ।

क्यापिटल गजेट भवनभित्र रहेका कर्मचारीहरूले भने उक्त पत्रिकामा हिंसात्मक आक्रमण गर्ने धम्की समाजिक सञ्जालमार्फत केही समयअघि आएको थियो भनेका छन् । तर कसले र किन यो धम्की दिएको हो भन्ने बारेमा भने उनीहरुले केही बताएका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार संयोजक सेराह सेन्डर्सले हत्याको निन्दा गरेका छन्। उनले निर्दोष पत्रकारहरूविरुद्धको आक्रमणले सिंगो अमेरिकालाई नै स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन्।

उनले यस आक्रमणमा संलग्नलाई आवश्यक कारबाही गर्नुपर्ने पनि बताएका छन्। त्यसमा संलग्न भनिएको व्यक्ति म्येरिल्याण्ड निवासी र करिब ३० वर्षको भएको अनुमान गरिएको छ ।

तर यस बारेमा प्रहरीले केही बताएको छैन । उसले आक्रमणकारी प्रहरी नियन्त्रणमा रहेको र उसमाथि अनुसन्धान थालिएको मात्र बताएको छ ।
रासस

लोकप्रीय

ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो

ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ?

आइतवार असार २२ , २०८२
न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो
अन्तर्राष्ट्रिय

ताजा समाचार

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२
विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध
ताजा समाचार

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो

ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ?

आइतवार असार २२ , २०८२
न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.