पहिरोले बन्द रहेका १७ वटा राजमार्ग अझै खुलेनन्

४ असार ७८, शनिबार

५ असार, काठमाडौं ।

देशका विभिन्न ठाउँमा पहिरोले बन्द रहेका १७ वटा राजमार्ग अझै खुल्न सकेको छैन । लगातारको पानीले पहिरो जाँदा विभिन्न राजमार्गमा पर्ने १७ ठाउँका सडक बन्द छन् । १८ वटा सडक भने मर्मतपछि एकतर्फी खुलेको छ । यस्तै, ७ वटा सडक दुईतर्फी नै खुलेको छ ।

साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाजुराको बार्जुगाड र हड्डेखोला, डुम्रे–बेंसीसहर–चामे सडक खण्ड अन्तर्गत मनाङको तिमाङ छहरा, पाँचखाल–मेलम्ची टिम्बु सडकमा पर्ने सिन्धुपाल्चोकको मेलम्ची बजार, अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको लिपिङ पुल, खोड्पे चैनपुर सडकमा पर्ने बझाङको कचाली र तमैल सडक अझै पनि बन्द छ ।

त्यस्तै, दैलेखको बान्द्रे, डुम्रे–बेंसीसहर–चामे सडकमा पर्ने तिमाङखोला, धारापानी र बगरछाप, डुम्रे–बेंसीसहर–चामे सडकमै पर्ने लमजुङको रामबजार, अर्खरे, च्याम्चे, खरखरे र घट्टेखोला सडक पनि बन्द छ ।

त्यस्तै, बालाजु–त्रिशूली–धुन्चे–स्याब्रुबेंसी सडकमा पर्ने र रसुवाको स्याब्रुबेंसी, मैलुङ–स्याब्रुबेंसी सडकमा पर्ने रसुवाको त्रिशूली खोलाको सडक बन्द रहेको छ । यी राजमार्ग अन्तर्गत पर्ने सडक खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top