बाढीले बगायो हेलम्बुको इलाका प्रहरी कार्यालय

५ असार, सिन्धुपाल्चोक ।
शुक्रवार मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालयको भवन बगाएको छ।

Advertisement

असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार राति आएको बाढीले कटान लागेपछि बगाएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।

मंगलवार मेलम्ची खोलामा बाढी आएपछि चौकीका सामान सबै सारिएको थियो। हाल प्रहरी कार्यालय माथिल्लो भेगमा भाडाको घरमा सारिएको छ। बाढीले थप मानवीय क्षति भने भएको छैन।

Advertisement

त्यस्तै, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन समेत बाढीले बगाएको छ। बाढीले सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ।

मेलम्ची नगरपालिका–६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको भवनमा समेत क्षति पुर्‍याएको छ। बाढीका कारण हेलम्बु गाउँपालिकादेखि मेलम्ची बजारसम्म क्षति गराएको छ।

Advertisement

बाढीको बहाव घट्ने बढ्ने भइरहेको स्थानीयले जनाएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top