परमाणु सम्झौताबारे इरान र अन्य ६ शक्ति राष्ट्रबीच हुँदै आएको वार्ता स्थगित

७ असार, एजेन्सी ।
इरान र विश्वका ६ शक्ति राष्ट्रहरुबीच सन् २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्ने उद्देश्यले हुँदै आएको वार्ता स्थगित भएको छ ।

अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँगको परमाणु सम्झौतालाई पुनः सक्रिय बनाउन भियनामा गर्दै आएको वार्ता स्थगित भएको हो । वार्तामा सहभागीहरु आ–आफ्नो देश फर्किएको बीबीसीले जनाएको छ ।

अधिकारीहरुले केही बुँदामा अझै पनि असहमति बाँकी रहेको र त्यसलाई समाधान गर्न आवश्यक रहेको बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

इरानका शीर्ष वार्ताकार अब्बास अरकचीले भियनाबाट इरानको सरकारी टेलिभिजनसँग भनेका छन्, ‘हामी सम्झौतामा पहिलेभन्दा धेरै नजिक त छौं तर अझै पनि केही दुरीहरु छन् जसलाई पार लगाउन सहज छैन ।

आज हामी तेहरान फर्किने छौं ।’ बीबीसीका अनुसार वार्ता फेरि कहिले सुरु हुन्छ भन्ने निश्चित छैन । तर आगामी १० दिनमा फेरि वार्ता हुन सक्ने अपेक्षा गरिएको छ ।

सन् २०१५ को पमारणु सम्झौता बहाल गर्न गत वर्ष अप्रिलबाटै भियनामा वार्ता हुँदै आएको छ । ताकि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हटाउन सकियोस् र सम्झौतालाई पुरानै अवस्थामा फर्काउन सकियोस् ।

वार्ता चलिरहेको बेला इजरायलले इरानको परमाणु कार्यक्रमको कटु आलोचना गरेको छ । इजरेलका प्रधानमन्त्री नाफ्टाली बेनेटले अमेरिका र उसका साझेदारहरूलाई इरानको खतराबाट ‘ब्युँझन’आह्वान गरेका हुन् ।

इजरायलले इरानसँग भएको परमाणु सम्झौताको विरोध गर्दै आएको छ । इरानका अति पुरातनवादी विचार राख्ने एब्राहिम राइसी नयाँ राष्ट्रपतिको रूपमा शुक्रबार चुनिएका थिए । उनले आगामी अगस्टमा जिम्मेवारी सम्हाल्नेछन् ।

राइसीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । उनीमाथि राजनीतिक बन्दीहरूलाई विगतमा मृत्युदण्ड दिएको आरोप लाग्दै आएको छ । वार्ता स्थगित भएपछि सबैको ध्यान इरान र संयुक्त राष्ट्रसँग जोडिएको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका अन्य सम्झौतातर्फ तानिएको छ ।

यो सम्झौता २४ जूनमा समाप्त हुँदै छ । इरानलाई सन् २०१५ मा भएको परमाणु सम्झौतामा नजर राख्नका लागि अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले सुझाएका उपाय पालना गराउने सो सम्झौताको उद्देश्य हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top