सभापतिमा आफू सुनिश्चित हुन देउवा छलफलमा ब्यस्त

७ असार, काठमाडौं ।
पार्टी सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल तिव्र पारेका छन् ।

देउवाले आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुसँग छलफल गर्न लागेका छन् । छलफलका लागि ती प्रदेशबाट प्रतिनिधित्व गर्ने देउवा समूहका नेताहरु बुढानिलकण्ठ पुगिसकेका छन् ।

यसअघि शनिबार प्रदेश १ र २ तथा आइतबार बागमती र गण्डकी प्रदेशका नेताहरुसँग देउवाले छलफल गरेका थिए । कांग्रेसको १४ औं महाधिवेशन आगामि भदौ १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ ।

महाधिवेशनबाट फेरि एक कार्यकालका लागि सभापति बन्न देउवाले चाहेका छन् । पार्टीलाई अझै एक कार्यकाल नेतृत्व दिन र सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गराउन आफूले चाहेको देउवाले बताउने गरेका छन् ।

आफ्नो समूहका अधिकांश नेताको समर्थन पाए पनि उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दावी गरेपछि देउवालाई दवाव बढेको छ ।

पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि देउवाको उत्तराधिकारी आफू हुनुपर्ने बताएका छन् । यस्तो अवस्थामा आफ्नै समूहलाई एकतावद्ध बनाउनुपर्ने चुनौती देउवासामू देखिएको छ ।

यसअघि भएका छलफलमा अधिकांश केन्द्रीय सदस्यहरुले निधि, श्रेष्ठलगायतलाई सहमत गराउन देउवालाई सुझाएका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top