राष्ट्रियतामाथि लाग्न खोजेको कालो बादल चाँडै हट्छ : प्रचण्ड

८ असार, काठमाडौं ।

Advertisement

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने दृढता व्यक्त गरेका छन् ।

माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरीप्रसाद पौडेलको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफु लडिरहने बताए ।

Advertisement

“तपाईहरु सवै सचेत हुनुहुन्छ । संविधान दुर्घटना हुन पनि दिदैनौँ । धेरै नपाली जनता सचेत रहेकाले र राजनीति दलभित्र पनि नेता कार्यकर्ता राष्ट्र प्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जाँनै दिँइदैन ।” उनले भने, “गणतन्त्र लोकतन्त्र पनि बच्छ र राष्ट्रियता माथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ ।”

देशको समसामयिक राजनितिक अवस्था बारे चर्चा गर्दै उनले अहिले राजनितिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनैपनि राजनीतिक दुर्घटना हुन नदिई देशलाई जोगाउन आफूहरु क्रियाशील रहेको उल्लेख गरे ।

Advertisement

अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरीपनि रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडी बढाउने बताए ।

आफुले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्ताव सहित एमालेसँग पार्टी एकता गरेको बताउदैं अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले त्यसलाई चकनाचुर पारेको बताए। प्रधानमन्त्री ओलीको तानाशाही शैली अब देशले धान्नै नसक्ने बताउँदै उनले छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top