×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

टेलिकमले आफूलाई जोगाउनका लागि कठोर नीति लिन आवश्यक छःसूचनामन्त्री

१५ असार २०७५

इटहरी, असार १५

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले टेलिकमले सेवाग्राहीको विश्वास जितेर उपभोक्ता बजारमा आफूलाई खरो उतार्नुपर्ने बताएका छन्। मन्त्री बाँस्कोटाले आज इटहरीस्थित नेपाल टेलिकम कार्यालयको स्थलगत निरीक्षण गर्दै नेपालमा कुनै बेला ज्यादै उन्नतिको शिखरमा पुगेर धराशायी बनेका टिम्बर कर्पोरेशन, जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, हेटौँडा कपडा उद्योग आदिको दृष्टान्त प्रस्तुत गर्दै टेलिकमले पनि आफूलाई जोगाउनका लागि कठोर नीति लिएर काम गर्न जरुरी छ भने ।

Advertisement
Advertisement

मन्त्री बाँस्कोटाले सूचना मन्त्रालयबाटै देशभरका टेलिकमका कर्मचारीले इमान्दारीपूर्वक कर्तव्य पालना गरे वा नगरेको अनुगमनको प्रविधि अपनाएर हेरिने जानकारी दिँदै देश र जनताप्रति बेइमानी गर्ने संघ, संगठन वा युनियनमा आबद्ध कर्मचारीप्रति सरकार खरो उत्रनेछ भने । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीलाई उच्च प्रविधियुक्त बनाउँदै सेवाग्राहीप्रति उच्च र विश्वासनीय सेवा दिन टेलिकमले भरमग्दूर प्रयास गर्दै नीतिमा समेत परिमार्जन गर्ने प्रयास अघि बढाइरहेको जानकारी दिए।

सोही अनुगमनका क्रममा सुनसरी र मोरङ जिल्लाका अधिकांश भागमा टेलिकमको सेवा हेर्दै आएको इटहरीका प्रमुख ज्ञानेश ढुंगानाले केही स्थानमा उच्च प्रविधिसहितको सेवा विस्तारको माग तीव्र गतिमा भइरहेकाले त्यसतर्फ काम भइरहेको र कम्पनीले प्राप्त गर्नुपर्ने उपलब्धि सन्तोषजक रुपले प्राप्त गरिरहेको मन्त्री बाँस्कोटालाई जानकारी दिए ।

आजै मन्त्री बाँस्कोटाले इटहरी उपमहानगरपालिका–७, बज्राहामा नेपाल टेलिभिजनको निर्माणाधीन प्रादेशिक प्रसारण केन्द्र भवनको स्थलगत अवलोकन गर्दै डिजाइनमा केही सुधार गर्न निर्देशनसमेत दिए । बज्राहा निवासी श्रीफल चौधरी र जुल्फीदेवी चौधरीले विसं २०५१ मा नेपाल टेलिभिजनलाई निःशुल्क प्रदान गरेको १० कट्टा जमीनमा करीब रु पाँच करोडको लगानीमा २५ कोठे तीनतले पक्की भवन बनिरहेको अवस्थाका विषयमा टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्ट र महाप्रबन्धक गोविन्द रोक्काले सञ्चारमन्त्रीलाई जानकारी दिए ।

आजै मन्त्री बाँस्कोटाले रेडियो नेपालको धरान तीनकुनेको प्रसारण केन्द्र तथा जिल्ला हुलाक कार्यालय र टेलिकम कार्यालयको पनि स्थलगत अवलोकन एवं अनुगमन गरे । उनले धरानमा पार्टीका नेता तथा कार्यकर्तासँग पनि भेटघाट गरे ।
रासस

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top