१० असार, काठमाडौं ।
दक्षिणकाली मन्दिर नजिकै विभत्स तरिकाले महिलाको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना छन् । प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ ।
‘उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको पाइयो,’ ती अधिकारीले भने ।