ओलीले संवैधानिक अंग कब्जा गर्न खोजे : देउवा

९ असार ७८, बिहीबार

१० असार, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण संविधान संकटमा परेको बताएका छन्।

बिहिबार सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै देउवाले ओलीको शासकीय अहंकार र स्वेच्छाचारी कार्यका कारण संविधान संकटमा परेको बताएका हुन् ।

Advertisement

ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको देउवाको भनाई छ । ‘संवैधानिक अंग कब्जा गर्न खोजिएको छ । अदालतले असंवैधानिक काम रोक्दै आएको छ ।’ उनले भने ।

देउवाले परिस्थिति संवेदनशील बनेकाले नागरिक समाजदेखि सञ्चार क्षेत्र ९प्रेस०लगायत सबैसँग सहकार्य गर्न अपरिहार्य देखिएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top