प्रचण्डको टिप्पणी : राष्ट्रपतिको शान-मान त छैन, इज्जत नि छैन

१० असार, काठमाडौं ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिभन्दा राजा महाराजाहरूको शान बढी भएको टिप्पणी गरेका छन् ।

सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै प्रचण्डले सो टिप्पणी गरेका हुन् । राष्ट्रपति कार्यालयले सबैको अभिभावक बनेर भुमिका खेल्न नसकेको उनको भनाई छ ।

Advertisement

‘राष्ट्रपति कार्यालय सबैले अभिभावक भनेर, संरक्षक भनेर अझ महिला अघि सारेको त हेर्नुस् राष्ट्रपति कस्तो भयो । अहिले राष्ट्रपति भन्ने संस्था त यतिसम्म।’ प्रचण्डले भने, ‘यो भन्दा त राजाहरू हुँदा थियो नि एउटा शान । अहिले त शान पनि छैन । मान पनि छैन । इज्जत नि छैन । कस्तो भयो ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top