न्यायालयमा मेलमिलाप नै उत्तम उपाय भएको ठहर

न्यायालयमा मेलमिलाप नै उत्तम उपाय भएको ठहर

विराटनगर, असार १६

वास्तविक न्याय र दिगो समाधान नै मेलमिलाप भएको शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा सरोकारवाला भएकाहरुले बताएका छन्। मोरङ जिल्ला अदालतद्वारा आयोजित मेलमिलाप परिषद्को वार्षिक कार्यक्रममा मेलमिलापसम्बन्धी सैद्धान्तिक अवधारणा, नेपालमा मेलमिलापसम्बन्धी कानूनी व्यवस्था र मेलमिलापमा सरोकार भएकाहरुको भूमिकासम्बन्धी गोष्ठीमा सहभागीले मेलमिलापबाट दुवै पक्षको जीत हुने बताए।

सो अवसरमा उच्च अदालत विराटनगरका न्यायाधीश हरि भण्डारीले झन्झटिलो प्रक्रिया हुने भएकाले विवाद समाधानका लागि अदालत प्रवेश गर्न नचाहनेका लागि मेलमिलाप उत्तम रहेको बताए । कार्यक्रममा जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकमार खतिवडा, जिल्ला न्यायाधीशद्वय कमलप्रसाद पोखरेल र नारायणप्रसाद शर्मा तथा जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले मेलमिलापले समाजमा दिगो शान्ति, अमनकायम हुनाका साथै सकारात्मक प्रभाव पारेको बताए ।

जिल्ला अदालतमा विसं २०६० देखि मेलमिलाप पद्धति लागू भएको हो । आर्थिक वर्ष २०७४÷७५ जेठ मसान्तसम्ममा मेलमिलापमा ८७७ मुद्दा दर्ता भएकामध्ये १३३ सफल र ६७७ असफल भएका थिए । जिल्ला अदालतमा ३१ सूचीकृत मेलमिलापकर्ता रहेकामा सबैभन्दा बढी मुद्दा सफल गराउने मेलमिलापकर्तामा नवराज दुलाल रहेका छन्। नेपाल सरकार वादी रहेको फौजदारी मुद्दाबाहेक अन्य मुद्दा मेलमिलापमा जाने गरेको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.