×

NEPAL TIMES UPDATES

Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026

भिएआरले विश्वकप फुटबल समूह चरणका ३३५ घटनामा ९९.३ प्रतिशत सही निर्णय दिन सफल

१६ असार २०७५

मस्को, असार १६

विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) का सदस्यहरूले विश्वकप समूह चरणका विहिबारसम्म भएका खेलहरूमा जम्मा ३३५ घटनालाई जाँच गरेको र यसबाट ९९.३ प्रतिशत सही निर्णय दिन सफलता मिलेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ ।

Advertisement
Advertisement

फिफाले रसियामा जारी विश्वकप फुटबलका खेलहरूमा पहिलोपटक कम्प्युटर प्रणाली भिएआरको प्रयोग गरेको हो । भिएआर समूहले जम्मा ३३५ घटनालाई परीक्षण गरेको थियो ।

विश्वकपका सवै १२२ गोलहरू भिएआरले परीक्षण गरेको थियो भने उक्त प्रणालीको सहयोगमा यसको सहयोगमा जम्मा १२२ गोल भएका छन् र अन्य खेल अवधिमा लाइनक्रस, अपसाइड तथा खेलाडीका गतिविधि हेर्नका लागि प्रयोग गरिएका फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइजी कोलिनाले शुक्रबार बताए ।

भिएआर प्रणालीको हस्तक्षेपका कारण निर्णय सच्चाइएका घटना भने जम्मा १४ वटा रहेका कोलिनाले जानकारी गराए । निरिक्षण भएका १४ घटनामध्ये तीन वटा मूल्याङ्कन रेफ्रीको कम्प्युटर मनिटर अगाडीको उपस्थितिविना नै गरिएको थियो भने अन्य मुल्याङ्कनमा रेफ्री आँफै स्क्रिन अगाडी बसेर हेरेको उनले बताए।

Advertisement

रेफ्रीले भिएआर प्रणालीको सहयोग विना नै लिएका ९५ प्रतिशत निर्णय सही पाइएको थियो भने प्रणालीले निर्णयलाई थप प्रभावकारी बनाउँदा ९९.३ प्रतिशत नतिजा सही बन्न पुगेको फिफाको ठहर छ ।
रासस

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top