चीनमा राजनीतिक प्रणालीमा सुधार ल्याउन श्वेतपत्र जारी, सिपिसीको नेतृत्वदायी भूमिका

१० असार ७८, शुक्रबार

११ असार, एजेन्सी ।

चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिस्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले शुक्रबार “चीनको राजनीतिक दलसम्बन्धी प्रणालीः सहयोग र परामर्श” नामको श्वेतपत्र सार्वजनिक गरेको हो ।

श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुदलीय सहयोग र राजनीतिक परामर्श प्रणालीलाई थप मजबूत बनाइने तथा यसलाई चीनको राजनीतिक संरचनाको आधारभूत तथ्यका रुपमा अंगीकार गरिने उल्लेख छ ।

यस प्रणालीमा चिनियाँ कम्युनिष्ट पार्टीका अलावा देशमा अरु आठ वटा राजनीतिक दल रहने छन् जसमा रिभोल्युसनरी कमिटी अफ चिनियाँ कुमिनताङ, चाइना डेमोक्रेटिक लिग, चाइना नेसनल डेमोक्रेटिक कन्स्ट्रक्सन एसोसिएसन, चाइना एसोसिएसन फर प्रमोटिङ डेमोक्रेसी, चाइनिज पिजेन्ट्स एन्ड वर्कर्स डेमोक्रेटिक पार्टी, चाइना झी गोङ पार्टी, जिसान सोसाइटी र ताइवान डेमोक्रेटिक सेल्फ–गभर्मेन्ट लिग रहेका छन् ।

सिपिसीले यस प्रणाली मातहत कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेका विशिष्ट व्यक्तिलाई पनि समेट्ने छ । श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)ले राज्यशक्तिको परिचालन गर्ने र अन्य दलहरुले सिपिसीको नेतृत्वमा बहुदलीय सहकार्यको प्रणाली निर्माण गर्ने उल्लेख छ ।

चिनियाँ शैलीको नयाँ मोडेलको संज्ञा दिइएको पछिल्लो व्यवस्था अपनाउने सिलसिलामा अन्य मुलुकको सिकाई र उनीहरुका राजनीतिक प्रणालीका उपलब्धिलाई आत्मसात गरिएको श्वेतपत्रमा उल्लेख छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top