प्रचण्डलाई ओलीको कटाक्ष : अघिल्लै दिन धादिङमा कसरी स्याल करायो ?

११ असार, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको न्याय सम्पादन र निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

शुक्रबार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले विस्तार गरेको मन्त्रीपरिषदलाई बदर गर्ने अदालतको आदेशका सन्दर्भमा शंका व्यक्त गरेका हुन् ।

Advertisement

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको भनिएको अभिव्यक्ति र सर्वोच्चको आदेशबीच सम्बन्ध भएको शंका गरे ।

‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ?’

Advertisement

ओलीले प्रचण्डको नामै नलिई कटाक्ष गर्दै भने, ‘एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ । नत्र भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ ।’

उनले राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेकोसमेत टिप्पणी गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top