६० देखि ६४ वर्ष उमेर समूहकालाई भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि

११ असार, काठमाडौं ।

Advertisement

सरकारले कोरोना भाइरसविरूद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए ।

Advertisement

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो । डा गौतमका अनुसार भेरोसेलको पहिलो डोज लगाएका जेष्ठ नागरिक ३ लाख ७० हजार छन् ।

सरकारले चीनबाट अनुदानमा आएको १० लाख डोज खोपको पहिलो मात्रा गत जेठ २५ गते लगाएको थियो।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top