लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस मनाइँदै

११ असार ७८, शनिबार

१२ असार, काठमाडौं ।

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भइ हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ दिवस मनाउने गरिन्छ ।

नेपालमा यस वर्ष लागुऔषधरहित परिवार ः स्वस्थ जीवनको आधार भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्र सङ्घको विश्व लागुऔषध प्रतिवेदन २०२१ ले वर्षेनि लागुऔषध प्रयोगकर्ता बढ्दै गएको देखाएको छ ।

त्यस्तै नेपालमा एक लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले नेपालमा वार्षिक वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको आकलन गरेको छ । लागुऔषधका प्रयोगकर्ता तथा कारोबारमा युवा वर्ग संलग्न भएको तथ्याङ्कले देखाउँछ ।

दिवसका अवसरमा शुभकामना दिँदै गृहमन्त्री विष्णुप्रसाद पौडेलले दुर्व्यसनमा युवा, किशोर किशोरीको सङ्ख्या बढ्दै जानु चिन्ताको विषय रहेको बताएका छन् । नेपालको जनसांख्यिकी लाभका रुपमा रहेको युवा समुदाय लागुऔषध नियन्त्रणको अभियानमा जुट्नुपर्नेमा उनको जोड छ ।

लागुऔषध कारोबारले अकालमै ज्यान जाने, अपराध र अराजकता बढाउने साथै एचआईभी, हेपाटाइटिस लगायतका रोगहरु पनि सर्ने गर्छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top