×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

छिटै सार्वजनिक यातायात खुलाउन प्रशासन ‘सकारात्मक’

१२ असार २०७८

१२ असार, काठमाडौं ।

झण्डै दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात खुलाउने विषयमा छलफल सुरु भएको छ । कसरी सुरक्षित रुपमा यातायात सञ्चालन गर्ने भन्ने विषयमा विशेषगरी काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीले छलफल थालेका हुन् ।

Advertisement
Advertisement

असार १४ गतेपछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ विभिन्न निकायसँग छलफल सुरु गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जानकारी दिए ।

अस्ति बिहीवार स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात मजदुर, यातायात व्यवसायी र प्रमुख जिल्ला अधिकारीहरुबीच यातायात सञ्चालन गर्ने सम्बन्धमा भएको छलफलमा १७ गतेदेखि आन्तरिक उडान पनि सञ्चालन हुने भएकाले सार्वजनिक यातायात पनि खुलाउने विषयले प्राथमिकता पाएको थियो ।

जोर बिजोर या सङ्ख्या नै तोकेर गाडी चलाउन सकिने विषयमा प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक देखिएका छन् । तर पहिले महामारीपछि गाडी खुल्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएको भन्दै अब त्यस्तो हुन नदिइने प्रजिअ रिजालले जानकारी दिए ।

Advertisement

यातायात व्यवसायीको माग र मोडालिटी तय गरेर यातायात सञ्चालनको लागि सीसीएमसीमा प्रस्ताव लैजाने तर कहिले खुल्छ भनेर ठ्याक्कै भन्न नसकिने उनले बताए । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरहरु बिचल्लीमा परेको भन्दै कि त यातायात खुलाउनुपर्ने नत्र सबैलाई राहत दिनुपर्ने माग गरेका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top