भेरी अस्पतालमा उपचारारत दुई संक्रमितको मृत्यु

११ असार ७८, शनिबार

१२ असार, नेपालगञ्ज ।
नेपालगञ्जको भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

Advertisement

अस्पतालमा उपचार गराउन आएका बर्दिया र रोल्पाका संक्रमितको शनिबार बिहान मृत्यु भएको हो। बारबर्दिया नगरपालिका वडा नं. ७ का ५२ वर्षीया महिलाको बिहान ५ बजे मृत्यु भएको छ।

जेठ २७ गते पीसीआर गरिएका उनलाई २८ गते भर्ना गरिएको थियो। रोल्पा नगरपालिका वडा नं. ४ का ६० वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको छ।

Advertisement

जेठ १५ गते रोल्पामा पीसीआर गरिएका उनलाई २२ गते भेरीमा भर्ना गरिएको थियो। योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा ३ सय ५६ जनाको मृत्यु भइसकेको छ।

कोरोनाबाट मृत्यु हुने क्रम अझै रोकिएको छैन। यद्यपि, यो क्रम घट्दै गइरहेको छ। कोरोनाको संक्रमण दर घटेको छ। परीक्षण गर्न आउने घटेका छन्। अस्पतालका बेडहरु ८८ प्रतिशत खाली भइसकेका छन्।

Advertisement

बाँकेमा पछिल्लो पटक १ सय २९ जनाको जाँच गर्दा १० जनामा संक्रमण देखिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top