कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गोली प्रहार

११ असार ७८, शनिबार

१२ असार, एजेन्सी ।
कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमाथि गोली प्रहार भएको छ ।

राष्ट्रपति इभान दुकेसहितलाई लिएर भेनेजुएलाको सीमा नजिक उडेको हेलिकप्टरमाथि गोली प्रहार भएको हो । उत्तरी प्रान्त सान्तान्देरको कुकुता तर्फ उडिरहेको हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर थिए ।

राष्ट्रपतिका प्रवक्ताले घटनामा कसैलाई पनि केही नभएको बताएका छन् । राष्ट्रपति दुकेले आक्रमणलाई कायरता भन्दै निन्दा गरेका छन् ।

हिंसा वा आंतकवादका कुनै पनि गतिविधिले आफू विचलित नहुने र नडराउने उनले बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रा राज्य र कोलम्बिया यस्तो चुनौति र खतराको सामना गर्न सक्षम छन्’, उनले ट्वीटरमा पोस्ट गरेको भिडियो सन्देशमा उल्लेख छ ।

आक्रमणमा संलग्नहरुको खोजी गर्न सुरक्षा निकायलाई आदेश दिइएको उनले बताएका छन् । गोली लागेर हेलिकप्टरमा प्वाल परेको छ ।

आक्रमणको जिम्ममा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । तर वामपन्थी नेशनल लिबरेसन आर्मी (इएलएन) ले कोलम्बिया–भेनेजुएला सीमा क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।

सन् १९६४ मा जमिन र सम्पत्तिको असमान वितरण विरुद्ध लड्न भन्दै एएलएनको स्थापना भएको हो । यो कोलम्बियाको सबैभन्दा ठूलो बिद्रोही समूह हो र यसलाई कोलम्बिया, अमेरिका र युरोपियन युनियनले आतंकवादी समूहका रुपमा लिने गरेका छन् ।

यो महिनाको सुरुमा कुकुताको सैनिक बेसक्याम्पमा कार बम आक्रमण भएको थियो र इएलएनले जिम्मेवारी लिन अस्वीकार गरेको थियो । सो घटनामा ३६ जना घाइते भएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top