‘देउवाको दाबीमा स्पष्ट बहुमत छ, प्रधानमन्त्री नियुक्त गर्नुको विकल्प छैन’

१२ असार ७८, आइतबार

१३ असार, काठमाडौं ।

Advertisement

प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदनमाथिको बहस आज पनि जारी छ ।

आज बहसको क्रममा वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले धारा ७६ (५) प्रतिनिधिसभाका सदस्यहरुले स्वतन्त्र रुपमा सरकार बनाउने व्यवस्था भएको तर्क गरे ।

Advertisement

‘दलहरु असफल भए पनि सार्वभौम जनताले चुनेर पठाएका प्रतिनिधिले संसद जोगाउन सक्छन् भनेर संविधान निर्माताले यो व्यवस्था राखेका हुन्, ७६ (५) मा सांसदको भूमिका ७६ (२) मा जस्तो खोज्नु हुँदैन ।’ उनले भने ।

उनले धारा ७६ (५)मा दलीय ह्वीप नलाग्ने समेत बताए । ‘७६ (५) को युटिलिटी स्वायत्त छ, त्यसकारण कुनै पनि संसद सदस्य प्रधानमन्त्री हुन सक्छन् । त्यसमा दलीय ह्वीप लाग्ने हुन सक्दैन ।’ कुँवरले भने, ‘यस अनुसार शेरबहादुर देउवाको दाबीमा स्पष्ट बहुमत छ । उहाँ प्रधानमन्त्री नियुक्त हुनुको विकल्प छैन ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top