संसद विघटन : रिट निवेदक पक्षको बहस सकियो, अब सरकारी पक्षको पालो

१३ असार, काठमाडौं ।

Advertisement

प्रतिनिधि सभा विघटन मुद्दामा रिट निवेदकतर्फको बहस सकिएको छ। असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस आइतबार सकिएको हो ।

अब सभामुख र सरकारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीको बहस बाँकी छ।उनीहरूलाई एक घण्टा समय दिएको छ।

Advertisement

प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले सभामुखका कानुन व्यवसायीलाई एक घण्टा समय दिने बताएपछि महान्यायाधिवक्ता रमेश बडालले प्रश्न उठाएका थिए। प्रधानन्यायाधीश राणाले सरकारी पक्षलाई बहसका लागि १४ घण्टा दिने बताए।

रिट निवेदक तर्फका कानुन व्यवसायीले बहसमा निवेदकहरुले प्रतिनिधि सभा विघटन गर्ने कार्य असंवैधानिक भएकाले पुनःस्थापना हुनुपर्ने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिनुपर्ने र संविधानको धारा ७६(५)मा दलीय ह्विप नलाग्ने ब्याख्या गरेका छन्।

Advertisement

सरकारका तर्फवाट महान्यायाधिवक्ता रमेश वडालले बहस गर्ने तयारी गरेका छन्। त्यस्तै एमिकस क्युरीका लागि २ घण्टा समय तोकिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top