अमेरिकाको उत्तर–पश्चिमी क्षेत्र र क्यानडामा अत्याधिक गर्मी, जीवनमाथि नै गम्भीर चुनौति हुन सक्ने चेतावनी

१३ असार ७८, सोमबार

१४ असार, एजेन्सी ।
अत्याधिक गर्मीका कारण अमेरिकाको प्यासिफिक नर्थवेष्टको ठूलो क्षेत्र तथा क्यानडाको जनजीवन प्रभावित भएको छ।

अमेरिकाको राष्ट्रिय मौसम सेवा (एनडब्लुएस) ले तापक्रम अत्याधिक हुने र गर्मी अझै बढ्ने चेतावनी दिएको छ। वासिङ्गटन तथा ओरिगन राज्यसहित क्यालिफोर्निया र आइडाहो राज्यका केही क्षेत्रमा गर्मी तथा तातो हावाका कारण जनजीवन प्रभावित भएको छ।

ओरिगन राज्यको मुल्ट्नोमाह काउन्टीले ‘जीवनमाथि नै गम्भीर चुनौति दिने’ खालको गर्मी हुन सक्ने चेतावनी दिएको छ।

Advertisement

केही शहरहरुले स्थानीय बासिन्दाहरुका लागि कुलिङ्ग सेन्टर खुला गरेका छन्, जहाँ स्थानीयहरु वातानुकुलित क्षेत्रमा बस्न पाउने छन्।

अमेरिकाको उत्तर पश्चिम र क्यानडामा लगातार तापक्रम बढ्दै गएको हो। विज्ञहरुले जलवायु परिवर्तनका कारण यस्तो खालका अति गम्भीर मौसमी अवस्था थप बढ्न सक्ने बताएका छन्।

Advertisement

तर अत्याधिक गर्मीसहितका एकाध घटनाहरुलाई विश्वव्यापी तापमान वृद्धिसँग जोड्नु भने निकै कठिन र जटिल छ।

विज्ञहरुले भने जलवायु परिवर्तनका कारण बढ्दो क्रममा रहेका बाढी, आँधी तथा अत्याधिक गर्मी जस्ता घटनाहरुले धेरैको ज्यान लिन सक्ने चेतावनी दिँदै आएका छन्।

एनडब्लुएसले अझै केही दिन तापक्रम बढ्न सक्ने बताएको छ। वासिङ्गटन र ओरिगन राज्यमा तापक्रम औषत भन्दा २०–३० डिग्री फरेनहाइट माथि रहन सक्ने जनाइएको छ।

सियाटल र पोर्टल्याण्डमा आइतबार र सोमबार दुवै दिन अहिलेसम्मकै उच्च तापक्रम रहन सक्ने जनाइएको छ। सियाटलमा शनिबारको तापक्रम १०१ डिग्री फरेनहाइट पुगेको थियो, यो जुन महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम हो।

क्यानडाको ब्रिटिस कोलम्बियामा शनिबार तापक्रम अत्याधिक रह्यो। त्यहाँको तापक्रम ४३.२ डिग्री सेल्सियस पुगेको हो। यो हप्ता भर नै तापक्रम बढ्दै जाने अनुमान छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top