×

NEPAL TIMES UPDATES

Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026

कोरोनाभाइरस कहाँबाट उत्पन्न भयो भन्ने पत्ता लगाउनु आवश्यक छ ?

१४ असार २०७८

१४ असार, बीबीसी ।
कोभिड–१९ को कारक भाइरसको उत्पत्तिबारे खोज गरिरहेका वैज्ञानिकहरूबाट समयमै, पारदर्शी, विज्ञहरूले नेतृत्व गरेको र विज्ञानमा आधारित एउटा अध्ययन चाहेको जी–सेभेनका नेताहरूले बताएका छन्।

शक्तिशाली देशका नेताहरूले वर्तमान महामारीका लागि जिम्मेवार भाइरस कहाँबाट आयो भन्ने पत्ता लगाउन सहयोग गर्ने इच्छा जाहेर गरेको यो पहिलो पटक होइन।

Advertisement
Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडनले हालै त्यहाँका गुप्तचर अधिकारीहरूलाई ९० दिनभित्र प्रतिवेदन ल्याउन आफ्नो कामको गतिलाई बढाउन आदेश दिएका छन्।

त्यसमा कोरोनाभाइरस चिनियाँ प्रयोगशालाबाट आएको थियो भन्ने सम्भावनालाई पनि विस्तृत रूपमा हेर्ने कुरा समावेश छ। एकपटक धेरैले षड्यन्त्रको सिद्धान्तका रूपमा खारेज गरिदिएको प्रयोगशालाबाट भाइरस चुहिएको भन्ने अनुमान हालै फेरि बाहिर आएको छ।

त्यसले पहिलेदेखि नै अप्ठ्यारो अवस्थामा रहेको चीन र पश्चिमा शक्ति बीचको सम्बन्धलाई थप जटिल बनाएको छ।

चीनले उक्त सिद्धान्तलाई बदनाम गराउने अभियान र आरोप अर्कातिर सोझ्याउने पश्चिमा देशहरूको गतिविधिका रूपमा बारम्बार अस्वीकार गर्दै आएको छ।

र वुहानमा पहिलो पटक कोभिड–१९ देखिएको डेढ वर्ष भइसक्दा पनि उक्त भाइरस कसरी उत्पत्ति भयो भन्ने कुरा एउटा रहस्यकै रूपमा रहेको छ।

यो खोज पछाडिको विज्ञान के हो र, राजनीतिभन्दा पर पुगेर भाइरसको उत्पत्ति पत्ता लगाउनुले के अर्थ राख्छ ?

के थाहा छ र के छैन ?
सार्स–कोभ–२ भाइरस सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर चीनमा पाइएको थियो र जुन २०२१ सम्ममा यो विश्वभरि फैलिएको छ।

यसले हालसम्म करिब १८ करोडलाई सङ्क्रमित बनाइसकेको छ भने ३९ लाख जतिको निधन भइसकेको छ।

केही सुरुवाती घटनाहरू वुहान सहरको एउटा माछामासु बजारसँग जोडिएका थिए। त्यहीँ कोभिड–१९ सङ्क्रमणको पहिलो समूह पाइएको थियो।

पछिल्ला महिनाहरूमा वैज्ञानिकहरू जुनाटिक स्पिलओभरका कारण भाइरस फैलिएको भन्ने एउटा व्यापक सहमतिमा पुगेका छन्। जुनाटिक स्पिलओभर भनेको सङ्क्रमित जनावरबाट मानिसमा भाइरस सर्ने प्रवृत्ति हो।

यस्तो मानिसबाट मानिसमा व्यापक सर्ने हुनुभन्दा अघि हुनेगर्छ। यद्यपि अर्को प्रतिस्पर्धी सिद्धान्तले भाइरस उक्त बजार नजिकैको जैविक अनुसन्धान केन्द्र–वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्लूआईभी) बाट फुत्केको हुनसक्ने बताउँछ।

त्यहाँ वैज्ञानिकहरू चमेरामा एक दशकदेखि कोरोनाभाइरसको अध्ययन गरिरहेका थिए। महामारीको सुरुमा उक्त विवादास्पद दाबीलाई तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा व्यापक रूपमा बढावा दिइएको थियो।

केहीले त यो जैविक हतियारका रूपमा प्रयोग गर्न मानवनिर्मित पनि हुनसक्ने सम्म बताए। तर त्यसपछि अनुसन्धानहरूले उक्त भाइरस बनाइएको हो भन्ने कुराविरुद्ध प्रमाणहरू दिएका छन्।

गत वर्ष जुलाईमा अमेरिकी जर्नल अफ ट्रपिकल मेडिसिन एन्ड हाइजिनमा वैज्ञानिकहरूको एउटा समूहले लेखेको छ, सार्स–कोभ–२ मानवनिर्मित रहेको अनुमानमा आधारित सिद्धान्तहरू पूर्णतः बदनाम छन्।

उक्त भाइरसमा ती बनाइएका हुन् भन्नलाई आनुवंशिक फिङ्गरप्रिन्टस् वा आनुवंशिक सिक्वेन्सहरूका कुनै पनि मात्राहरू नभेटिएको उनीहरूले पाए।

अमेरिकी सङ्क्रामक रोग प्रमुख डा. एन्थोनी फाउचीले पनि हालै उक्त धारणाप्रति सन्देह व्यक्त गरे। उनले भने, चिनियाँहरूले जानाजान त्यस्तो कुरा बनाइरहेका थिए जसले उनीहरू आफैँलाई मार्न सक्थ्यो‘ मलाई लाग्छ– यो त धेरै परको कुरा भयो।

यद्यपि हालैका दिनमा पनि कुनै बाहिर नआएको प्रयोगशाला घटनामा दुर्घटनावश उक्त भाइरस फैलिएको हुनसक्ने कुराले निकै चर्चा पायो।

उत्पत्तिको खोजी

केही वैज्ञानिकहरू प्रयोगशालाबाट भाइरस चुहिएको र जुनाटिक स्पिलओभर भएको भन्ने दुवैखाले प्रतिस्पर्धी सिद्धान्तहरूमा हेर्नुपर्छ भन्ने विचारको समर्थन गर्छन्।

अझै एउटा मान्य सम्भावना छ त्यसलाई छुट दिइनु हुँदैन, अस्ट्रिया, जापान, स्पेन, क्यानडा, अमेरिका र अस्ट्रेलियाका वैज्ञानिकहरूले गत मार्चमा लेखेका थिए।

विश्व स्वास्थ्य सङ्गठनले यसै वर्षको सुरुमा भाइरस उत्पत्तिबारे पत्ता लगाउन भन्दै वैज्ञानिकहरूको समूहलाई चीन पठाएको थियो।

तर उनीहरूले हालसम्म त्यसबारे केही पनि निष्कर्ष निकाल्न सकेका छैनन् भने कैयौँका लागि त्यसले जवाफभन्दा पनि कैयौँ प्रश्नहरू जन्माएको छ।

गत मे मा १८ जना चर्चित वैज्ञानिकहरूले साइन्स जर्नलमा एउटा संयुक्त पत्र लेख्दै अगाडिको जाँचमा त्यसलाई समेट्न आग्रह गरेका छन्।

हामीसँग पर्याप्त विवरण नहुँदासम्म हामीले प्रयोगशालाबाट चुहिएको र प्राकृतिक रूपमा फैलिएको दुवै अनुमानलाई कायम राख्नुपर्छ, उनीहरूले लेखेका छन्।

उनीहरूले अनुसन्धान पारदर्शी, वस्तुगत, तथ्याङ्कमा आधारित र स्वतन्त्र रूपमा हेर्न सकिने हुनुपर्नेमा जोड दिएका छन्।

येल विश्वविद्यालयको स्कूल अफ मेडिसिनकी इम्युनोलोजिस्ट अकिको इवासाकी पनि उक्त पत्र लेखकमध्ये एक हुन्। भविष्यका महामारी रोक्नका लागि यो भाइरसको उत्पत्तिबारे पत्ता लगाउनु पर्छ भन्नेमा उनी अडिग छन्।

यदि चमेराबाट प्रत्यक्ष रूपमा मानिसमा भाइरस सरेको भन्ने पाइयो भने हामीले भविष्यमा चमेरासँग हुने सम्पर्कलाई कम गर्नुपर्ने हुन्छ र जो चमेरासँग सम्पर्कमा छन् ती व्यक्तिहरूलाई भाइरस सर्न नदिन थप निगरानीमा राख्नुपर्छ, उनले बीबीसीलाई भनिन्।

यदि भाइरस दुर्घटनाका कारण प्रयोगशालाबाट बाहिरिएको भए त्यसलाई अझ नजिकबाट हेरेर किन त्यस्तो भयो भन्ने पत्ता लगाइ त्यस्ता दुर्घटनाबाट बचाउने उपाय अपनाउनु पर्छ।

ग्लास्गो विश्वविद्यालयका भाइरोलोजिस्ट प्राध्यापक डेभिड रोबट्सनको पनि उस्तैखाले विचार छ। यदि वुहानको इन्स्टिच्युट सामेल थियो भने पनि हामीले अझै पनि ती भाइरस कहाँबाट आए र उनीहरूले कहाँ त्यसलाई भेटे भन्ने थाहा पाउनुपर्छ।

तर महामारीपूर्व उनीहरूले काम गरिरहेका भाइरस सार्स–कोभ–२ सँग खासै नजिक भएका होइनन्, उनले बीबीसीसँग भने। उनी प्राकृतिक रूपमा उत्पत्ति भएको र प्रयोगशालाबाट चुहिएको भन्ने सिद्धान्तलाई बराबरी रूपमा हेर्न अस्वीकार गर्छन्।

तर दुवै अवस्था सम्भव हुने उनी बताउँछन्। उनका विचारमा प्राकृतिक रूपमा भाइरस उत्पन्न भएको कुरा बढी सम्भावितजस्तो देखिन्छ।

प्राकृतिक वा प्रयोगशाला दुर्घटना ?

स्पिलओभरमा विश्वास गर्नेहरूका लागि इपिडिमियोलोजीको इतिहासले प्रमाण दिन्छ।

अधिकांश सङ्क्रामक रोगहरू प्रायः सहायताविनै प्रकृतिबाट मानिसमा आइपुगेका छन्।
त्यस्ता उदाहरणमा इन्फ्लुएन्जा, एचआईभीदेखि इबोलासम्म छन्।

र महामारीपूर्व नै चिनियाँ चमेरामा मानिसलाई सङ्क्रमण गर्नसक्ने कोरोनाभाइरस रहेको विवरण रहेको थियो। त्यो वुहान प्रयोगशालामा गरिएको परीक्षणकै हिस्सा थियो।

प्रयोगशालाबाट चुहिएकोमा विश्वास गर्नेहरू चाहिँ कोरोनाभाइरसलाई राखिएका उच्च–सुरक्षायुक्त कैयौँ केन्द्रहरू रहेको सहरमै पहिलो सङ्क्रमण फैलिएकाले शङ्काका दृष्टिले हेर्छन्।

उनीहरू अमेरिकी गुप्तचर निकायको प्रतिवेदनलाई उद्धृत गर्दै डब्लूआईभीका तीनजना वैज्ञानिकहरू सन् २०१९ शरद ऋतुमा बिरामी परेका थिए भन्छन्।

त्यसलाई चिनियाँ अधिकारीले कडा शब्दमा अस्वीकार गरेका छन्। उनीहरू भाइरस भेटिएको १८ महिनापछि पनि उसको नजिकको नातेदार किन कुनै जनावरमा पाइएन भनेर पनि प्रश्न गर्छन्।

भविष्यको महामारीबाट बच्ने उपाय

मृतकहरूको सङ्ख्या बढिरहँदा अधिकांश वैज्ञानिकहरूले भाइरसको उत्पत्ति पत्ता लगाउनुलाई भविष्यमा हुने यस्तै महामारी रोक्ने उपायका रूपमा समर्थन जनाएका छन्।

उत्पत्तिबारेको खोजपछि त्यसले आर्थिक उत्पादन र वैज्ञानिक अध्ययनमा पनि लामो समयसम्म प्रभाव पार्नसक्छ।

स्पिलओभर सिद्धान्त पुष्टि भएमा माछामासु बजारहरूमा जाने कुरामा निकै कडा नियमहरू लागु हुन सक्छन्।

यस्ता बजारहरू एशियाभरि निकै प्रचलित छन्। त्यस्तै खेती र वन्यजन्तुको व्यावसायिक कारोबारमा नयाँ नियमहरू लाग्न सक्छन्।

त्यसको साटो प्रयोगशालाबाट चुहिएको पुष्टि भएमा अहिले उच्च तहमा भइरहेका कैयौँ अनुसन्धानहरूका केही उच्चस्तरीय मान्यताहरूलाई चुनौती दिनेछ।

विशेषगरी गेन–अफ–फङ्सन भनिने अभ्यासलाई त्यसले चुनौती दिनेछ। यस्तो कार्यमा कुनै प्याथोजेनलाई फरक खाले विस्फोटनको अवस्था हेर्नका लागि थप खतरनाक बनाउने गरिन्छ।

त्यसले प्रयोगशालाहरूमा नयाँ बायोसेफ्टी नियमहरू लागु गर्ने कुरालाई मान्यता दिनेछ र त्यस्तो आवाज विश्वभरिका विज्ञहरूले लामो समयदेखि उठाउँदै आएका छन्।
चीनले अर्को सिद्धान्तलाई पनि जोड दिइरहेको छ।

त्यो चाहिँ उक्त भाइरस चिसो अवस्थामा विदेशबाट आयात गरिएका मासुमार्फत् देशमा भित्रिएको भन्ने हो। त्यसलाई उसका वरिष्ठ भाइरोलोजिस्टहरूले साथ दिएका छन्।

यदि त्यो सिद्धान्त प्रमाणित भएमा त्यसले अन्तर्राष्ट्रिय व्यापारमा अर्कैखाले ठूलो प्रभाव पार्नेछ।

के हामीले कहिल्यै वास्तविक उत्तर पाउँछौँ ?

विज्ञानको परिभाषा नै स्वयम्–संशोधन हो।

जब नयाँ प्रमाणहरू बाहिर आउँछन्, पुराना सिद्धान्तहरू लगातार संशोधन हुन्छन् वा गलत प्रमाणित हुन्छन्। त्यसैले हामी कहिल्यै पनि निर्णायक उत्तर नपाउन पनि सक्छौँ।

यदि हामीले त्यस्तो उत्तर पाइहाल्यौँ भने पनि नयाँ रोग कहाँबाट आयो भन्ने पत्ता लगाउन वर्षौँ लाग्नसक्छ। उदाहरणका लागि सार्स भाइरसको उत्पत्ति चमेराबाट भएको थियो भन्ने महामारी आएको १५ वर्षपछि सन् २०१७ सम्म निश्चित भएको थिएन।

उक्त रोगले करिब ८०० मानिसहरू मारेको थियो।

प्रयोगशालाविरुद्ध अग्रपङ्क्ति

भाइरसको उत्पत्तिबारेको अनुसन्धानले साँच्चै अनुसन्धान वातावरणलाई सुरक्षित बनाउँछ भन्ने प्रश्न विश्वभरिका वैज्ञानिकका लागि चासोको कुरा हो।

यदि प्रयोगशालाबाट नै भाइरस चुहिएको प्रमाणित भएमा के नयाँ सुरक्षात्मक उपायहरू लागु गरिन्छन् वा फेरि त्यस्तो हुँदैन भन्ने सुनिश्चितता के छ भन्दै वैज्ञानिकहरू चेतावनी दिन्छन्।

इतिहासमा भाइरस र अन्य जीवाणु अनुसन्धान केन्द्र वा सङ्क्रमित मानिसबाट अन्यत्र फैलिएका उदाहरणहरू छन्स जस्तो सन् १९७७ को रसियन फ्लू र २००४ को सार्स।

उच्च सुरक्षायुक्त प्रयोगशालामा पनि खतरा रहेको देखिन्छ त्यसैले अझै राम्रो विज्ञान र औषधिको आवश्यकता छ।

र, भाइरसले अहिले पनि मानिसहरू मारिरहेकाले त्यसको उत्पत्ति खोजी गर्नु महत्त्वपूर्ण त होला तर प्राथमिकता होइन भन्ने पनि कतिपयको तर्क छ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top