प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : प्रचण्डसँग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ?

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : प्रचण्डसँग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ?

१४ असार, काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुच्छर बनेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सोमबार बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा ओलीले सो आरोप लगाएका थिए । त्यसलगत्तै सामाजिक सञ्जाल ट्विटरमार्फत शर्माले ओलीलाई सोधेका छन् ‘अभिव्यक्तिमा चरम आवेगको यो कस्तो ‘भेरिएन्ट’ ?’

‘प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ? साथ छंदा आन्द्रा गांस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ?’ शर्माले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.