विद्रोहीले क्षेत्रीय राजधानी नियन्त्रणमा लिएपछि इथोपिया सरकारद्वारा युद्धविराम घोषणा

१५ असार ७८, मंगलबार
Share this
723shares

१५ असार, बीबीसी ।
इथियोपियाको संघीय फौजविरुद्धको नयाँ आक्रमण सुरु गरेको एकसातापछि टिग्रेस्थित विद्रोही फौजले आफूहरूले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको बताएका छन्।

Advertisement

इथियोपियाको फौजले गत नोभेम्बरमा उक्त राजधानी आफ्नो नियन्त्रणमा लिएको थियो।

मिकेलीस्थित प्रत्यक्षदर्शीहरूले उत्सव मनाउन सडकमा मानिसहरू नाचिरहेको बताएका छन्। इथियोपिया सरकारले भने आफूले कब्जा गुमाएको पुष्टि गरेको छैन बरु युद्धविरामको एकतर्फी प्रस्ताव गरेको छ।

Advertisement

मिकेली नियन्त्रणमा

टिग्रेमा गत साता नयाँ आक्रामक हमलाहरू सुरु गरेका त्यहाँका लडाकुहरूले मिकेलीको अन्तरिम प्रशासनलाई बाहिर निकालेको भन्ने खबर सोमवार आउन थालेका थिए।

Advertisement

टिग्रे क्षेत्रमा त्यहाँको नेतृत्वलाई बाहिर निकाल्नका लागि प्रधानमन्त्री अबी अहमदले आठ महिनाअघि सरकारी फौज पठाएका थिए। टिग्रे पीपल्स लिबरेसन फ्रन्टका प्रवक्ताले समाचार संस्था रोयटर्सलाई मिकेली आफ्नो नियन्त्रणमा आएको बताएका हुन्।

मिकेलीमा रहेका केही मानिसहरूले बीबीसीलाई पनि संघीय फौजको प्रस्थानपछि त्यहाँ उत्सब मनाइएको बताएका छन्। अन्तरिम सरकारका एक नाम नखुलाइएका स्रोतले समाचार संस्था एएफपीलाई त्यहाँबाट सबैले छोडेको बताएका छन्।

तर दुई जना प्रत्यक्षदर्शीले भने टिग्रेका सेनाहरू मिकेलीमा देखिएको रोयटर्स समाचार संस्थालाई बताएका छन्।

भोकमरीको सामना

इथियोपियाको सरकारले आफ्ना फौज त्यहाँबाट हटेको भन्ने खबरहरूको पुष्टि गर्न बाँकी नै छ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले प्रधानमन्त्री अबीसँग सोमवार कुरा गर्दै सर्वसाधारणको सुरक्षा र मानवीय सहायता मानिसहरूसम्म पुगेको सुनिश्चित गर्न आवश्यक रहेको बताएका थिए।

उनले राजनीतिक समाधान खोज्न पनि प्रधानमन्त्री अबीलाई आग्रह गरे। इथियोपियामा लडाइँका सबै पक्षमाथि आमहत्या र मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ।

संयुक्त राष्ट्रसंघले ५० लाखभन्दा बढी मानिस खाद्यान्न सहायताको पर्खाइमा रहेको र ३ लाख ५० हजार मानिसले भोकमरीको सामना गरिरहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top