नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल प्रदान गरिने

१४ असार ७८, मंगलबार

१५ असार, काठमाडौं ।

नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको संचित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको छ ।

अवकाश कोष संचालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको  हो । यस प्रयोजनका लागि करिव १ अर्ब ३ करोड रुपैयाँ बराबर सहभागीलाई बितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।

यसबाट सहभागीहरुलाई विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असरबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पु¥याउने छ भन्ने विश्वास कोषले लिएको छ ।

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरुको खातामा जम्मा गरिएको छ । कोषले यस कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा दिने नीति लिएको छ । साथै, नागरिक लगानी कोषबाट संचालित अन्य कार्यक्रम (ट्रस्टी) हरुमा समेत आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको कोषले जानकारी दिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top