×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धान उत्पादन बढाएर आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि हासिल हुन्छ : मन्त्री नेम्वाङ

१५ असार २०७८

१५ असार,काठमाडौं

कृषि तथा पशुपक्षी विकास मन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन् ।

Advertisement
Advertisement

मङ्गलवार अठारौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशमा समृद्धि हासिल हुने बताए ।

कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने उनले बताए । देशको समृद्धिको मूल आधार कृषि क्षेत्र भएको मन्त्री नेम्वाङको भनाइ छ । उनले भने, ‘अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने कृषि हो ।

कृषिमा उत्पादन र उत्पादकत्व, खाद्य र पोषण सुरक्षादेखि लिएर यसलाई विशिष्टीकरण ढङ्गले अगाडि बढाएर, आयातलाई प्रतिस्थापन गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएन भने समृद्धि प्राप्त गर्न सकिँदैन । समृद्धि प्राप्त गर्ने हाम्रो राष्ट्रिय आकाङ्क्षाको मूल आधार कृषिको विकास हो । त्यसमध्येको एउटा आधार धानबालीको उन्नयन र विकास हो ।’

मन्त्री नेम्वाङले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको बताए । सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनका लागि स्पष्ट नीति बनाइरहेको उनले उल्लेख गरे ।

धान बालीको विकासका लागि कुनै नीतिगत कुरा बनाउनुपर्ने भए मन्त्रालय तयार रहेको पनि उनले बताए । मन्त्री नेम्वाङले भने,‘नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको महत्त्व, व्यापकता र आवश्यकतालाई अत्यन्तै ध्यान दिनु जरुरी छ ।

परम्परा र सांस्कृतिक रूपमा, महोत्सवको रूपमा, यसको उत्पादकत्व बढाउने कुरा, आधुनिकीकरण गर्दै उचित भण्डारण र व्यवस्थापन गर्दै लाने कुरामा स्पष्ट नीतिहरू बन्दैछ ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएको उल्लेख गरे ।

मौसमले साथ दिएको र रासायनिक मल पनि समयमा नै उपलब्ध भएको भन्दै उहाँले आउँदो वर्ष ६० लाख मेट्रिक टन धान फलाउनुपर्ने बताए । उनले कृषकको खेतबारीमै पुगेर धानसम्बन्धी अध्ययन, अनुसन्धान तथा कृषिसम्बन्धी शिक्षा दिनुपर्नेमा जोड दिए ।

Advertisement

सरकारले रासायनिक मलको कारखाना खोल्ने कामलाई अगाडि बढाएको मन्त्रालयका सचिव डा. कार्कीले बताए । कृषिको विकास तथा विस्तारका लागि पालिकाले कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने पनि उनले बताए ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top