सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको छ, यो चक्रव्यूह तोडेर अगाडि बढ्छौँ : प्रदीप ज्ञवाली

१५ असार, काठमाडौं ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रवक्ता तथा पूर्व–परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारविरुद्ध अहिले चालिएका सबै चक्रव्यूह तोडेर अगाडि बढ्ने बताएका छन् ।

असार १५ राष्ट्रिय धान दिवसको अवसरमा आज राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा युवा सङ्घ नेपाल भक्तपुरको समन्वयमा सूर्यविनायक नगरपालिका ९ नंखेलमा आयोजना गरिएको रोपाइँ विशेष कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।

Advertisement

अहिले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको भन्दै उनले यो खेल वर्तमान प्रधानमन्त्रीलाई हटाएर अर्कोलाई प्रधानमन्त्री बनाउने मात्रमा सीमित नभएको दाबी गरे ।

एमाले स्थायी समिति सदस्यसमेत रहेका ज्ञवालीले भने, ‘सरकारलाई चौतर्फी घेराबन्दीमा पारिएको छ, यो प्रधानमन्त्रीको लडाइँ मात्रै हो भन्ने बुझ्नु हुँदैन, देशमा अहिलेसम्म भएका उपलब्धीलाई सिध्याउने षड्यन्त्र पनि हो ।’

Advertisement

जब–जब एमाले विकासको लहर लिएर आउँछ तब–तब एमालेलाई घेराबन्दीमा पारेर सिध्याउने षड्यन्त्र हुने गरेको भन्दै उनले एमालेलाई सिध्याउने २०५० सालदेखिको षड्यन्त्र असफल हुँदै आएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top