एन्डी मुर्रे र नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा

१६ असार ७८, बिहीबार

१७ असार, काठमाडौं ।

Advertisement

बेलायती एन्डी मुर्रे विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा जर्मन क्वालिफायर अस्कर ओटेलाई ६–३, ४–६, ४–६, ६–४ र ६–२ को सेटमा हराउँदै मुर्रे तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

तेस्रो चरणमा उनले १० औँ वरीयताका क्यानेडियन खेलाडी डेनिस शापोभालोभसँग शुक्रवार प्रतिस्पर्धा गर्नेछन् । यस्तै, नोभाक जोकोभिच पनि विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

Advertisement

दक्षिण अफ्रिकाका केभिन एण्डरसनलाई पराजित गर्दै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् । विश्व नम्बर एक समेत रहेका सर्बियन जोकोभिचले एण्डरसनलाई ६–३,६–३ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top