टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने

१६ असार ७८, बिहीबार

१७ असार, काठमाडौं ।

यस वर्ष हुने टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले खेल्ने भएका छन् ।

नेपाल ओलम्पिक कमिटि एनओसीका अनुसार नेपालबाट टोकियो ओलम्पिकमा खेल्ने खेलाडीको टुंगोे लागेको हो । पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्रब पार्की, सुटिङ्गकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

सुटिङकी कल्पना र जुडोकी सोनियाले वाइल्र्ड कार्ड मार्फत ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन् । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले २९ तारिकसम्म आउने निमन्त्रणाको समय पुरा भएकाले थप वाइल्ड कार्ड अब प्राप्त नहुने बताएका छन् ।

आईओसीले ५ खेलाडीले ओलम्पिकमा प्रतिनिधित्व गर्ने भएकाले जुन ३० बाट अन्य खेलाडीको छात्रवृत्ति रोकिएको छ भनेर पत्र पठाएको छ । यसबाट समेत आसन्न ओलम्पिकमा नेपालबाट ५ खेलाडीले खेल्ने तय भएको हो ।

ओलम्पिक तयारीका लागि आईओसीले सन् २०१९ को मे महिनादेखि ७ खेलका १२ खेलाडीलाई ओलम्पिक छात्रवृत्ति दिएको थियो । सोही अन्तर्गत प्रशिक्षण गर्न र प्रतियोगिता खेल्न खेलाडीले मासिक ५ सय डलर छात्रवृत्ति प्राप्त गर्दै आएका थिए ।

नेपाल एथ्लेटिक्स संघले खेलाडीको नाम सिफारिस नगरेका कारण गोपीचन्द्र पार्कीले यस छात्रवृत्ति प्राप्त गर्न सकेनन् । उनी आफ्नै खर्चमा ओलम्पिकको तयारी गरिरहेका छन् । ओलम्पिकमा ५ खेलाडीले प्रतिनिधित्व गर्ने भएपछि बाँकी खेलाडीले प्राप्त गर्दै आएको छात्रवृत्ति बुधबारबाट रोकिएको छ ।

सुटिङ्ग र जुडोमा धेरै कोटा निर्धारण गरेका कारण नेपालबाट समेत दुई खेलाडी सहभागी हुने पक्का भएको छ । विश्व खेलकुदको महाकुभ्भ मेला यस वर्षको ओलम्पिक जापानको टोकियोमा जुलाई २३ बाट अगष्ट ८ सम्म सञ्चालन हुदैछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top